बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

काठमाण्डौ  धनकुटामा बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

चौबिसे गाउँपालिका-५ बोधे बस्ने २६ वर्षीय सुजन खतिवडा पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको हो। 

१३ वर्षीया बालिकालाई बलात्कार गरेको उजुरी आएको छ। सोही उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया