बालगायक सचिन परियारको निधन

काठमाडौं । बालगायक सचिन परियारको निधन भएको छ । आज बिहान उपचारका क्रममा उनको निधन भएको हो । 

बुधबार उपचारका लागि उनलाई काठमाडौंको महाराजगञ्जस्थित टिचिङ हस्पिटलमा भर्ना गरिएको थियो । अस्पतालले सचिनको मृत्यु पुष्टि गरेको छ । उनको उपचारमा आर्थिक अभाव भएको भन्दै सहयोगका लागि अपिलसमेत गरिएको थियो । 

सचिनले सानै उमेरमा दर्जनौँ गीत गाएका छन् । उनले गाएको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि उनलाई गीत रेकर्ड गर्नका लागि काठमाडौं ल्याइएको थियो । सचिनले गाएको गीत नायक राजेश हमालले पनि अभिनय गरेका छन् ।

  • १८ पुस २०८१, बिहीबार

प्रतिक्रिया