काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज जनकपुरमा खबरदारी सभा गर्दैछ ।वर्तमान सरकारविरुद्ध देशका मुख्य शहरहरूमा खबरदारी सभा गर्दै आएको राप्रपाले आज मधेश प्रदेशको जनकपुरस्थित तिरहुतिया गाछीमा बिहान ११ बजे सभा गर्न लागेको हो ।
राप्रपाले यसअघि गण्डकीको पोखरा र कर्णालीको सुर्खेतमा खबरदारी सभा गरिसकेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सम्बोधन र फागुन २५ गते पोखराबाट काठमाडौं आगमन पछि हौसिएका राजावादीहरू देशैभर अभियान चलाइरहेका छन् ।
९ चैत २०८१, शनिवार ०३:५१ मा प्रकाशित