संखुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

काठमाडौं । संखुवासभाको माथिल्लो क्षेत्रमा वर्षाहुँदा हिमपातहुँदा जनजीवन प्रविभात भएको छ। चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास गए रातिदेखि हिमपात भएको स्थानीयवासी आङकाञ्जु शेर्पाले बताए।

उनका अनुसार गुफापोखरी, मङ्गलबारे, किमाथाङ्का र मकालुलगायतमा गएरातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो। अहिले पनि सो क्षेत्रमा हल्का वर्षा र हिउँ पर्ने क्रम जारी रहेको बताइएको छ। चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपाया बढी प्रभावित भएका जनाइएको छ। 

प्रतिक्रिया