कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । शुक्रबार बिहान संसद् भवनस्थित ल्होत्से हलमा बैठक सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीति, अध्यादेशबारे सरकारमा सहभागी मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिने, संसद्‌मा कसरी प्रस्तुत हुने भन्नेबारेमा सांसदहरूलाई प्रशिक्षण दिइनेछ ।

आजबाट संसद्को हिउँदे अधिवेशन बोलाइएको छ । जसमा सरकारका काम कारबाहीबारे एकमत भएर आफ्ना आवाज उठाउने बारेमा पनि प्रशिक्षण दिइनेछ ।

 

प्रतिक्रिया