पूर्वराष्ट्रपति भण्डारीसँग बुढानीलकण्ठमा प्रधानमन्त्रीको दुई घण्टा वार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेको उनको सचिवालयले जनाएको छ । करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको थियो ।

पछिल्लो समय राजनीतिमा सक्रियता बढाउँदै आएकी पूर्वराष्ट्रपति भण्डारीसँग एमाले अध्यक्ष समेत रहेका ओलीले पछिल्लो समयसामयिक राजनीतीबारे छलफल गरेको बताइएको छ ।

  • १८ पुस २०८१, बिहीबार

प्रतिक्रिया