आजदेखि रास्वपाको प्रदेश अधिवेशन सुरु, असार १ भित्र सम्पन्न हुने

bmn.news

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै छ। पार्टीले प्रदेश अधिवेशनहरू असार १ गतेभित्र सम्पन्न गर्ने जनाएको छ।

रास्वपाका अनुसार वाग्मती प्रदेश अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम रहेको छ। वाग्मती प्रदेशको अधिवेशन काठमाडौंमा आयोजना गरिएको छ।

पार्टीले प्रदेश तहको संगठन सुदृढीकरण तथा आगामी महाधिवेशनको तयारीस्वरूप अधिवेशनहरू सञ्चालन गर्न लागेको जनाएको छ।

यसअघि रास्वपाले जेठ २३ र २४ गते देशभर जिल्ला अधिवेशन सम्पन्न गरेको थियो।

रास्वपाको प्रथम महाधिवेशन भने असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने तय भएको छ। महाधिवेशनमार्फत पार्टीको भावी नेतृत्व चयनसहित विभिन्न नीतिगत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया