एपीएफको महिला टोली टाइगर कप भलिबलको पहिलो क्वालिफायरमा

काठमाण्डाै  सशस्त्र प्रहरी बल एपीएफको महिला टोली अपराजित रहँदै टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनशिपको पहिलो क्वालिफायरमा पुगेको छ ।

पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको लिग चरणको अन्तिम खेलमा एपीएफले आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा हरायो । एपीएफले पहिलो सेट २५–७, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२० ले जित्यो । पहिलो क्वालिफायरमा फेरि एपीएफ र टाइगर ग्रुपबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि आजै भएको महिलातर्फको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै थाइल्यान्डको ट्राभल इन्क्वायरी युनाइटेडले सान्त्वना जीत हात पारेको छ । ट्राभल इन्क्वायरीले पहिलो सेट २५–१८, दोस्रो सेट २५–१८ र चौथो सेट २५–१९ ले जित्यो । आर्मीले तेस्रो सेट २६–२४ ले जित्यो ।

प्रतियोगिताको पुरुषतर्फ अहिले हेल्प नेपाल स्पोर्ट्स क्ल र एपीएफ खेलिरहेका छन् । यसपछि भारतको सुनिल क्लब र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया