हैदराबादसँग ६ विकेटले पराजित हुँदै लखनउ आईपीएल क्रिकेटको प्लेअफबाट बाहिरियो

काठमाण्डौ  लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफ दौडबाट बाहिरिएको छ ।

सनराइजर्स हैदराबादसँग हिजो ६ विकेटले पराजित भएपछि लखनउको प्लेअफ पुग्ने सम्भावना सकिएको छ । अब दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स प्लेअफ दौडमा छन् ।गुजरात टाइटन्स, राेयल च्यालेन्जर्स बेङ्गलुरु र  पन्जाब किङ्ग्स यसअघि नै प्लेअफमा पुगिसकेका छन् ।

लखनउले दिएको २ सय ६ रनको लक्ष्य हैदराबादले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । त्यसअघि टस हारेर ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियो ।

लखनउले १२ खेलबाट १० अङ्क बनाएको छ । प्लेअफ पुग्नबाट पहिले नै बाहिरिसकेको हैदराबादको समान १२ खेलमा ९ अङ्क छ ।

प्रतिक्रिया