सिटीलाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो एफए कपको उपाधि

काठमाण्डाै   क्रिस्टल प्यालेसले म्यानचेस्टर सिटीलाई १–० ले पराजित गर्दै एफए कपको उपाधि जितेको छ । प्यालेसले पहिलो पटक एफए कप उपाधि जितेको हो ।

वेम्बली स्टेडियममा गएराति भएको खेलमा इबेरेची एजेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । सिटीका लागि भने यस सिजन बिर्सनलायक बनेको छ ।

प्रिमियर लिगको उपाधि रक्षा गर्न नसकेको सिटी च्याम्पियन्स लिग र लिग कपमा पनि सफल हुन सकेको थिएन । सिटी यो सिजन ट्रफीविहीन भयो । प्यालेसले भने पहिलो पटक ठूलो उपाधि जितेको हो ।

प्रतिक्रिया