सिंहदरबारका ६२ धारामा अब मेलम्ची पानी

काठमाडौं । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा बसेको सचिवहरूको बैठकले ८ वैशाखमा सिंहदरबारभित्रका सबै मन्त्रालयमा मेलम्ची पानी जडान गर्ने निर्णय गर्‍यो । उक्त निर्णयपछि १० वैशाखमा खानेपानीमन्त्री प्रदीप यादवले सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने बताए । सिंहदरबारभित्र मेलम्ची खानेपानी वितरण गर्न विभिन्न ठाउँ एवं धारा निर्माण गर्ने क्षेत्रको स्थलगत अनुगमनपछि मन्त्री यादवले वर्षौंदेखि सिंहदरबारमा प्रयोग गरिँदै आएको जार र बोतलको पानी अब सदाका लागि अन्त गरिने दाबी गरे ।

उनको दाबी अनुसार वैशाख अन्तिम सातासम्म सिंहदरबारमा मेलम्चीको सफा, शुद्ध पानी वितरण गरिने छ ।

प्रतिक्रिया