काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित युरोपेली संघ ९इयू० आबद्ध देशका गैरआवासीय राजदूत तथा विभिन्न मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजे हुने उक्त कार्यक्रममा इयू अन्तर्गतका २२ देश र दक्षिण–पूर्वी एशियाली मुलुकका ३० भन्दा बढी कूटनीतिज्ञ सहभागी हुने जनाइएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार भेटमा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्ध विस्तार तथा आपसी सहकार्यका विविध विषयमा छलफल हुनेछ। साथै नेपाललाई अतिकम विकसित देशको सूचीमा निरन्तरता दिन अन्तर्राष्ट्रिय समर्थन जुटाउने र युरोपेली संघको हवाई सुरक्षा ‘कालोसूची’बाट हटाउने विषयमा समेत पहल गरिने बताइएको छ।
यसअघि प्रधानमन्त्री शाहले चैत २५ गते पनि नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक संवाद गरेका थिए।