काठमाण्डाै । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्ससँगकाे खेलमा नेपालले टस हारेकाे छ । स्कटल्यान्डकाे फोर्थहिल क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवर्ड्सले टस जितेर ब्याटिङ राेजेका छन् ।
लिग–२ अन्तर्गत घरेलु टाेली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्स सहभागी त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला गएकाे साेमवारदेखि शुरू भएकाे हाे । नेपालले पहिलाे खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएकाे थियाे । लिग–२ काे तेस्राे खेलमा नेपालले आउँदो आइतवार फेरि स्कटल्यान्डसँग र मङ्गलवार नेदरल्यान्डसँग खेल्ने तालिका छ ।
लिग–२ काे तालिकामा नेपाल १३ खेलमा ८ अङ्कसहित साताैं स्थानमा छ । यस्तै नेदरल्यान्ड्स दाेस्राे र स्कटल्यान्ड चाैथाे स्थानमा छ । लिग–२ काे तालिकामा अमेरिका शीर्ष स्थानमा छ ।लिग–२ को शीर्ष ४ मा रहने टोली विश्वकपको ग्लोबल छनोटमा सीधै पुग्नेछन् । यस्तै पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने हुन्छ ।