जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल हमला, दुई अमेरिकी सैनिकको मृत्यु

bmn.news

काठमाडौं:- जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ। अमेरिकी अनलाइन सञ्चारमाध्यम एक्सियसका अनुसार शनिबार भएको आक्रमणमा केही सैनिक घाइते भएका छन्।

अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार इरानले जोर्डनस्थित मुवाफ्फाक सल्टी एयर बेसमा कम्तीमा दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। उक्त सैन्य अड्डामा अमेरिकी सैनिक तथा लडाकु विमानहरू तैनाथ छन्।

सेन्टकमले दुई सैनिकको मृत्यु पुष्टि गर्दै एक जना सैनिक अझै सम्पर्कविहीन रहेको जनाएको छ। घाइते चार सैनिकलाई उपचारका लागि अस्पताल लगिएको छ।

यस घटनासँगै जारी द्वन्द्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १६ पुगेको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया