दाङमा भएको बस दुर्घटनामा दुई जनाको ज्यान गयो

काठमाण्डौ  दाङमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा दाङ घोराहीकी पुष्पा डाँगी र राजपुर गाउँपालिका–५ का निलसरोज यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कपिलवस्तुको कृष्णनगरबाट छुटेको बा ३ ख ७९९६ नम्बर बस हिजो बेलुका दाङको राप्ती गाउँपालिका–५ लठ्ह्वामा दुर्घटना भएको थियो ।

दुर्घटनामा ७ जना घाइते भएका छन् । उनीहरुको सिसहनियाँ र लमहीमा उपचार भइरहेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया