आर्मी 'टाइगर कप' भलिबलकाे पहिलाे क्वालिफायरमा

काठमाण्डाै  भारतकाे सुनिल भलिबल क्लबलाई त्रिभुवन आर्मी क्लब टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनशिपको पुरुषतर्फ पहिलाे क्वालिफायरमा पुगेको छ ।

पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको खेलमा आर्मीले सुनिल क्लबलाई ३–२ को सेटमा हरायो । आर्मीले दोस्रो सेट २५–१८, तेस्रो सेट २५–२३ र पाँचौं सेट १५–१२ ले जित्यो । सुनिल क्लबले पहिलो सेट २५–२० र चौथो सेट २५–२२ ले जित्यो ।

अब आर्मीले पहिलो क्वालिफायरमा नेपाल पुलिस क्लबसँग खेल्ने भएको छ । सुनिल क्लब इलिमिनेटरमा पुगेको छ । प्रतियोगितामा अहिले पुरुषतर्फ गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्ट्स क्लब खेलिरहेका छन् । यो खेलको विजेता इलिमिनेटरमा पुग्नेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिता आउँदो आइतवार माघ २० गतेसम्म चल्नेछ ।

प्रतिक्रिया