सभापति कप : एनआरटीलाई हराउँदै आयोजक बाग्मती फाइनलमा

काठमाण्डौ  न्यूरोड टिम (एनआरटी) लाई पेनाल्टिमा पराजित गर्दै आयोजक नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बाग्मती प्रदेश सभापति कपको उपाधि नजिक पुगेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालमा भइरहेको प्रतियोगिताको दोस्रो सेमिफाइनलको निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टिमा गएको थियो । पेनाल्टिमा एनआरटीलाई ४–२ ले पराजित गर्दै बाग्मती फाइनलमा पुगेको हो ।

बाग्मतीले उपाधिका लागि सङ्कटा फुटबल क्लबसँग खेल्ने छ । सङ्कटाले पहिलो सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लबलाई हराएको थियो । फाइनल खेल भोलि हुँदैछ ।

प्रतिक्रिया