काठमाडौं । दाङमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्। मंगलबार दिउँसो घोराही उपमहानगरपालिका-१० गुर्जेखोलास्थित सडकमा अम्बिकेश्वरी यातायात प्रा.लि.को बसले मोटरसाइकललाई ठक्कर दिएको हो।
घोराहीबाट तुलसीपुर तर्फ जाँदै गरेको रा १ ख ११५६ नं.को बसले रा ७ प १२५२ नं.को मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा चालक रूकुम पूर्वका ४० वर्षीय जहरेलाल सुनार र पछाडि सवार ४५ वर्षीया नरमकुमारी सुनार छन्। नरमकुमारी जहरेलालकी भाउजु हुन्।
जहरेलालको अवस्था गम्भीर छ। नरमकुमारीको अवस्था मध्यम छ। उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको छ।
२ माघ २०८१, मङ्गलबार १०:५८ मा प्रकाशित