काठमाडौं:- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यस वर्ष बोर्डले परीक्षा सम्पन्न भएको ३५ दिनमै नतिजा प्रकाशन गर्न सफल भएको जनाएको छ।
गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ५ हजार ३३९ विद्यालयका ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए।
नियमित परीक्षार्थीमध्ये १ लाख ७२ हजार १२ जना छात्र, १ लाख ६० हजार १३७ जना छात्रा र अन्य २९० जना सहभागी थिए।
बोर्डका अनुसार विद्यार्थीहरूले आफ्नो नतिजा आधिकारिक वेबसाइट चभकगति।लभद।नयख।लउ मार्फत हेर्न सक्नेछन्।
६ असार २०८३, शुक्रबार ११:२९ मा प्रकाशित