यात्रुबसको ठक्करबाट महिलाको मृत्यु

काठमाडौं । विराटनगरमा सोमबार साँझ यात्रुबसको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–१४ हिमाल आँखा अस्पतालअगाडि साँझ बसले ती महिलालाई ठक्कर दिएको थियो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार विराटनगर बसपार्कतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४४८३ नम्बरको बसले बाटो काट्दै गर्दा पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

घटनामा परी विराटनगर–१४ बस्ने अन्दाजी ५५ वर्षीया हक्री खातुनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए । गम्भीर घाइते उनको उपचारको क्रममा कोशी अस्पताल निधन भएको हो ।
 
प्रहरीले बस चालक विराटनगर–१७ का ४५ वर्षीय सोमराज भट्टराईलाई नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया