एमाले संसदीय दल बैठक बस्दै

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ । 

१८ गतेबाट सुरु हुने हिउँदे अधिवेशनको तयारीका विषयमा बैठकमा छलफल हुनेछ । अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा बैठक केन्द्रित हुने बताइएको छ । 

विपक्षी दलले संसद् छलेर अध्यादेश ल्याएको भन्दै विरोध गरिरहेका बेला सत्तारुढ दलहरू त्यसको प्रतिवाद कसरी गर्ने भन्ने तयारीस्वरुप छलफलमा जुटेका छन् । 

प्रतिक्रिया