हिउँ चितुवाको छाला र हड्डीसहित २ जना पक्राउ

काठमाण्डौ  हिउँ चितुवाको छाला र हड्डीसहित २ जनालाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा खटिएको निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त टोलीले हिउँ चितुवाको छाला र हड्डीसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।

शंकास्पद व्यक्तिहरुलाई पच्छाउँदै जाँदा मंगलबार साँझ ५ बजेतिर भरतपुर-१० मालपोत चोक नजिकैबाट नियन्त्रणमा लिइएको संरक्षण अधिकृत अविनाश थापा मगरले जानकारी दिए। उनीहरुको विषयमा नियमानुसार अनुसन्धान सुरु गरिएको उनले बताए।

प्रतिक्रिया