शिक्षक सेवा आयोगको दुई सदस्य नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौँ । शिक्षक सेवा आयोगको दुई सदस्य नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । 

एक महिलासहित दुई सदस्य नियुक्तिका लागि सिफारिस समितिद्वारा स्वीकृत ‘शिक्षक सेवा आयोगका सदस्य नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८१’ बमोजिम १५ दिनको समय दिएर मंगलबार दरखास्त आह्वान भएको हो । 

दरखास्त फाराम शिक्षा मन्त्रालयको वेबसाइटमार्फत पाउन सकिनेछ भने आवेदन मन्त्रालयको शिक्षालय शिक्षा शाखामा बुझाउन सकिने सूचनामा उल्लेख छ।

  

प्रतिक्रिया