स्विडेनको विद्यालयमा भएको आक्रमणमा आक्रमणकारीसहित १० जनाको मृत्यु

काठमाडौं । स्वीडेनको केन्द्रीय शहर ओरेब्रोमा रहेको रिसबर्गस्का विद्यालय परिसरमा भएको गोलीबारीमा १० जनाको ज्यान गएको छ ।

गोलीबारीमा संदिग्ध आक्रमणकारीको समेत ज्यान गएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घटनामा एक जना मात्र आक्रमणकारी संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । तर ती व्यक्तिले गोली चलाउनुको कारण भने खुलेको छैन ।

घटनामा धेरै मानिस घाइते भएकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । घाइतेहरूलाई अस्पताल लगिएको छ, जसमध्ये चार जनाको शल्यक्रिया भइरहेको छ । प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले यो आक्रमणलाई स्वीडेनको इतिहास मै सबैभन्दा खराब गोलाबारी भएको बताउनुभएको छ ।

प्रतिक्रिया