कैलालीमा किशोरीको बलात्कार आरोपमा युवक पक्राउ

काठमाडौं । कैलालीमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१, वनगाउँ दक्षिण पुरुवाका  २३ वर्षीय ओमप्रकाश घर्तीमगर छन् ।

१८ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । सोमबार बिहान उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । घर्तीमगरले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बालिकाको बलात्कार आरोपमा पक्राउ

बर्दियामा पनि बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–२ का २० वर्षीय चन्द्रबहादुर सुनार छन् । १५ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । आइतबार साँझ उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया