एकैदिन ४ हजार ७ सय रुपैयाँले बढ्यो सुनको मूल्यस चाँदी पनि महँगियो

bmn.news

काठमाडौं:- नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ८ सय रुपैयाँ पुगेको छ।

शुक्रबार सुन प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि पनि सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय ४५ रुपैयाँले बढेको छ। शुक्रबार ४ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला ४ हजार ३ सय २५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा भने आइतबार सुन प्रतिऔंस ४ हजार ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया