सोविता भन्छिन्- सरकारले फसाउन बल गर्दा अदालतले रविलाई न्याय गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले सरकारले फसाउन खोजे पनि सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले न्याय दिएको बताएकी छन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनले पत्रकारहरूसँग यस्तो बताएकी हुन् । रविको पक्षमा अदालतमा वकालतसमेत गरेकी गौतमले पत्रकारहरूसँगको कुराकानीमा गौतमले अदालतको आदेशको स्वागत र सम्मान गर्ने उल्लेख गरिन् ।

सरकारले जबरजस्ती बल प्रयोग गर्न खोजे पनि अदालतले स्वतन्त्ररुपमा आफ्नो भूमिका निर्वाह गरेको तर्क उनले गरिन् ।

प्रतिक्रिया