काठमाडौं । दाङ प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्लाको राजपुर गाउँपालिका – ६ गंदीखोला २८ वर्षीय दीपक पुन पक्राउ परेका छन्।
प्रहरीले उनलाई घोराही उपमहानगरपालिका – १७ का कटुवा खोला नजिक बाट पक्राउ गरेको थियो। सुराकको आधारमा पुगेको प्रहरीले कटुवा खोला क्षेत्रबाट पुनलाई शुक्रबार दिउँसो पक्राउ गरेको प्रहरीले बताएको छ।
पुनको खानतलासी गर्दा २ ग्राम १६० मिलीग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसी चक्रबहादुर शाहीले बताए। पक्राउ परेका व्यक्तिमाथि अदालतबाट म्याद थप भइ थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ।
१० चैत २०८१, आईतबार ०३:२५ मा प्रकाशित