काठमाण्डौ उपत्यकामा आज पनि प्रहरीको निःशुल्क बस सेवा

काठमाण्डौ  काठमाण्डौ उपत्यकामा नेपाल प्रहरीले आज पनि निःशुल्क बस सेवालाई निरन्तरता दिएको छ । यातायात व्यवसायीले सार्वजनिक गाडी नचलाएपछि नेपाल प्रहरीले सर्वसाधारणलाई सेवा दिन आज पनि निःशुल्क बस सेवालाई निरन्तरता दिएको हो ।

प्रहरी प्रधान कार्यालयले हिजोजस्तै आज पनि दुई वटा रुटमा निःशुल्क बस सञ्चालन गरेको जनाएको छ । प्रहरी प्रधान कार्यालय नक्सालबाट ती बस काठमाण्डौ, भक्तपुर र ललितपुरका विभिन्न गन्तव्यमा छुट्छन् ।

नक्सालबाट बालुवाटार, महाराजगञ्ज, नयाँ बसपार्क, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल रुटमा बस चल्नेछ ।

यस्तै नक्सालबाट रातोपुल, गौशाला, एअरपोर्ट, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक, चावहिल, सुकेधारा, चक्रपथ, महाराजगञ्ज, बालुवाटार हुँदै नक्सालसम्को रुटमा पनि प्रहरीको बस चल्नेछ ।

त्यस्तै प्रहरीले यात्रुसँग बढी भाडा नलिन विभिन्न राइड शेयरिङ कम्पनीका राइडरहरूलाई निर्देशन दिएको छ । यात्रुसँग बढी भाडा लिएको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा उजुरी दिन प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया