त्रिविको नक्कली प्रमाणपत्रसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–५ श्रीखण्डपुर बस्ने ४८ वर्षीय विकास श्रेष्ठ रहेका छन् ।

ब्याचलर डिग्री इन बिजनेस स्टडिज र मास्टर डिग्री इन बिजनेस स्टडिजको नक्कली ट्रान्सक्रिप्ट लिएको सूचनाका आधारमा प्रहरीले त्रिभुवन विश्वविद्यालयको अभिलेखसँग रुजु गरेको थियो ।

त्रिविको अभिलेखसँग उनले लिएको प्रमाणपत्र नमिलेपछि प्रहरीले काभ्रेको धुलिखेलबाट सोमबार पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको प्रहरीको केन्द्रीय समाचार ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया