लमजुङमा आगलागी, एक जना महिलाको मृत्यु

काठमाण्डौ  लमजुङको सुन्दर बजार नगरपालिका–९ बुद्धटोलमा रहेको एक घरमा आगलागी हुँदा एक महिलाको ज्यान गएको छ ।

स्थानीय बासिन्दा भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको ज्यान गएको हो । आज बिहानै साढे तीन बजे आगलागी भएपछि  प्रहरी र स्थानीयले उहाँ बसेको कोठाको ढोका फोरेर उहाँलाई बाहिर निकालेको थियो ।

जलेर गम्भीर घाइते थापाको  बेँसीशहरको प्रदेश अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीले बताउनुभयो । 

प्रतिक्रिया