जय ट्रफी एलिट कप : ललितले ७ विकेट लिँदा आर्मी १ सय २१ रनमै अलआउट

काठमाण्डाै  जय ट्रफी एलिट कप क्रिकेटमा नेपाल पुलिस क्लबसँगको खेलमा त्रिभुवन आर्मी क्लब पहिलो पारीमा १ सय २१ रनमा अलआउट भएको छ ।

वीरगञ्जमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे आर्मी ३४ ओभर १ बलमा १ सय २१ रनमा समेटियो । आर्मीका कुशल मल्लले सबैभन्दा धेरै २५ रन बनाए । पुलिसका ललित राजवंशीले ७ विकेट लिए । अब पुलिसले पहिलो पारीको ब्याटिङ थाल्नेछ ।

यस्तै जनकपुरमा भइरहेको अर्काे खेलमा मधेश प्रदेश र बाग्मती प्रदेश खेलिरहेका छन् । टस जितेर ब्याटिङ गरिरहेको मधेशले याे समाचार तयार पार्दासम्म ७ विकेट गुमाएर ९८ रन बनाएकाे छ ।

दुई दिवसीय फर्म्याटमा हुने जय ट्रफीमा चार वटा टोलीको सहभागिता छ । आर्मी विनोद भण्डारीको कप्तानीमा खेलिरहेको छ । यस्तै पुलिस आरिफ शेख, मधेश हरि शंकर र बाग्मती सन्दीप लामिछानेको कप्तानीमा खेलिरहेको छ ।

प्रतियोगितामा लिग चरणका खेल सिङ्गल राउन्ड रोबिनका आधारमा हुनेछ । लिग चरणका शीर्ष दुई टोफी फाइनलमा पुग्नेछन् । फाइनल खेल पनि तीन दिवसीय फर्म्याटमा हुनेछ ।

  • २१ पुस २०८१, आइतबार

प्रतिक्रिया