अर्थ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । 

अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालय समद्ध पदाधिकारीसँग छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । 

प्रतिक्रिया