काठमाण्डाै । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ३ सय १६ रनको लक्ष्य दिएको छ ।
कराचीको नेशनल स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १५ रन बनायो । दक्षिण अफ्रिकाका रायन रिकेल्टनले शतक तथा कप्तान तेम्बा बभुमा, रसी भान डेर डसेन र एडन मारक्रमले अर्धशतक बनाए । अफगानिस्तानका माेहम्मद नबीले २ विकेट लिए ।
अफगानिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफीमा सहभागिता जनाएको हो । दुई वर्षअघि भारतमा आयोजना भएको एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा सहभागी छन् ।
पाकिस्तान, भारत, बङ्गलादेश र न्युजिल्यान्ड समूह ‘ए’ मा तथा अस्ट्रेलिया, अफगानिस्तान, इङ्गल्यान्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ९ तारिख अर्थात् फागुन २५ गते हुनेछ ।