मुग्लिन–नारायणगढ सडक खण्डमा ट्रक पल्टिँदा बन्द भएको बाटो खुलाउने काम चल्दै

काठमाण्डौ  मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत चितवनको तुईनखोलामा ट्रक पल्टिँदा बन्द भएको बाटो खुलाउने काम भइरहेको छ ।

क्रेनको सहायतामा पल्टिएको ट्रक हटाउने काम चलिरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले उज्यालोलाई जानकारी दिनुभयो ।

आज बिहान कोइला लोड गरेको ट्रक आफैं अनियन्त्रित भई पल्टिँदा दुबैतर्फ बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । 

प्रतिक्रिया