श्रीलंकाका पूर्वराष्ट्रपति काठमाडौं आउँदै

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे काठमाडौं आउँदै छन् । निजी भ्रमणको सिलसिलामा उनी पुस १३ गतेदेखि काठमाडौं आउन लागेका हुन् । उनी १७ गतेसम्म नेपालमा रहने स्रोतले बतायो ।

सुरक्षा स्रोतका अनुसार उनी श्रीमतीसहित नेपाल आउन लागेका हुन् । उनको नेपालमा हुने भेटघाट र भ्रमण कार्यतालिकाबारे जानकारी गराइएको छैन । विक्रमासिंघे श्रीलंकाका नवौं राष्ट्रपति र दशौं प्रधानमन्त्री हुन् । उनी ६ पटकसम्म श्रीलंकाको प्रधानमन्त्री बनेका थिए ।

  • १२ पुस २०८१, शुक्रबार

प्रतिक्रिया