माछा मार्ने क्रममा तिला नदीमा बेपत्ता भएका युवकको शव भेटियाे

काठमाडौं । कालीकोटमा माछा मार्ने क्रममा तिला नदीमा बेपत्ता भएका युवकको शव भेटिएको छ ।

हिजो माछा मार्ने क्रममा नदीमा हराएका तिलागुफा–४ राचुलीका भोजनबहादुर शाहीको शव आज दिउँसो फेला परेको प्रहरीले जनाएको छ । तिला नदीमा बेपत्ता भएका शाहीको जनपद प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले खोजी गरेका थिए ।

२४ वर्षीय माछा मार्न थापेकाे झरेउला (पासो) निकाल्ने क्रममा चिप्लिएर नदीमा खसेका थिए । शाही स्थानीय कालिका मावि राचुलीमा कक्षा १२ मा अध्ययनरत थिए ।

प्रतिक्रिया