काठमाण्डाै । नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सदस्य सुरेश आलेमगरले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्नुभएको छ ।
आजको राष्ट्रियसभा बैठकमा आलेमगरले राजीनामा दिएर गृहमन्त्रीले अहिलेको गतिरोध हटाउनुपर्ने बताउनुभयो । अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित अन्य व्यक्तिको छानबिनमा सहजताका लागि गृहमन्त्रीको राजीनामा माग गरिएको उहाँकाे भनाइ छ ।
‘गृहमन्त्रीले बदमासी गर्नुभएको छैन भन्ने हाम्रो पनि विश्वास हो तर व्यवहार र तथ्यले त्यसको पुष्टि गर्दैन । गृहमन्त्रीले आफू नैतिकवान् र इमानदा रहेको प्रमाणित गर्न पनि मार्गप्रशस्त गर्नुपर्छ’, उहाँले भन्नुभयाे ।
२८ जेठ २०८२, सोमबार १०:२९ मा प्रकाशित