बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा

काठमाण्डौ  इटालियन क्लब इन्टर मिलान युरोपेली च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा इन्टरले बार्सिलोनालाई ४–३ गोलले हरायो । इन्टर समग्रमा ७–६ को नतिजासहित उपाधि नजिक पुगेको हो । यी दुई टोलीबीचको पहिलो लेग ३–३ को बराबरीमा सकिएको थियो ।

गएराति निर्धारित ९० मिनेटको खेल ३–३ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा फ्रातेसीले गरेको गोल निर्णायक भयो ।

आज दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आर्सनल र पेरिस सेन्ट जर्मेइन (पीएसजी) बीच खेल हुँदैछ । पहिलो लेग पीएसजीले १–० ले जितेको थियो । फाइनल आउँदो जुन १ तारिखमा हुनेछ ।

प्रतिक्रिया