कार्यव्यस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले आज कार्यव्यस्था परामर्श समितिको बैठक बोलाएका छन् । 

सभामुख घिमिरेले संसद्को आसन्न अधिवेशनको तयारीका लागि कार्यव्यस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठक दिउँसो १ बजे सिंहदरवारमा बस्नेछ ।

प्रतिनिधिसभा बैठक यही माघ १८ गते दिउँसो १ बजे बस्नेछ । विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग–अलग छलफल गरिरहेका छन् ।

प्रतिक्रिया