बीपी राजमार्गमा १५ दिनसम्म राति यात्रुवाहक गाडी चलाउन रोक

काठमाण्डाै  बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा भोलिदेखि १५ दिनका लागि रातिमा यात्रुवाहक गाडी चलाउन रोक लगाइने भएको छ ।

आज बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले बेलुकी साढे ६ देखि बिहान ५ बजेसम्म यात्रुवाहक गाडी चलाउन रोक लगाएको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिनुभयो । मालवाहक गाडीलाई भने नरोक्ने निर्णय भएको छ ।

काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडक खण्ड बढी जोखिमयुक्त भएकाले सार्वजनिक र निजी यात्रु गाडी चलाउन रोक लगाइएको हो ।

प्रतिक्रिया