केन्द्रीय समितिकाे बैठकले पार्टी झन् बलियाे भयाे : प्रचण्ड

काठमाण्डाै  नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सकिएको छ । अस्ति आइतवारदेखि शुरू भएको बैठक आज सकिएको हाे ।

आजको बैठकमा नेता जनार्दन शर्माले बोल्नका लागि विशेष समय पाउनुभएको थियो । उहाँले पार्टीको विशेष महाधिवेशन बोलाउन माग गर्नुभएको छ । अध्यक्षको एकलौटीतर्फ सङ्केत गर्दै शर्माले नेतृत्वको आलोचना पनि गर्नुभएको छ ।

यस्तै समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो बैठक एकताको र श्रमिकका निम्ति विजयको बैठक बनेको दाबी गर्नुभयो । उहाँले अब माओवादीका सबै नेता कार्यकर्ता उत्पादनसँग जोडिने, विकृतिमा नलाग्ने र पार्टीलाई नागरिक माझ पुनः लोकप्रिय बनाउन लाग्ने बताउनुभयाे ।

यस्तै केन्द्रीय समितिकाे बैठकले पार्टी अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

प्रतिक्रिया