काठमाण्डौ । काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा.अच्युत वाग्ले नियुक्त हुनुभएको छ ।
विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्लेलाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो ।
माघ ४ गते उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि वाग्ले निमित्त उपकुलपतिको जिम्मेवारीमा हुनुहुन्थ्यो । यसअघि उहाँ २०७९ असोज २ गते रजिष्ट्रार नियुक्त हुनुभएको थियो ।
५ चैत २०८१, मङ्गलबार ०२:३२ मा प्रकाशित