भारतको फौजदारी कानुनमा परिवर्तन, यी हुन् मुख्य बुँदा
काठमाडौं । भारतको फौजदारी कानुन परिवर्तन गर्ने गरी संसदलो तीनवटा विधेयक पारित गरेको छ । भारतीय न्याय संहिता, भारतीय नागरिक रक्षा संहिता र भारतीय प्रमाण विधेयक संसदबाट पारित भएको छ ।
४ करोड डलर भ्रष्टाचार गरेको आरोपमा युक्रेनका शीर्ष अधिकारी पक्राउ
कीएभ । ४ करोड डलर (५ अर्ब नेपाली रुपैयाँभन्दा बढी) रकम भ्रष्टाचार गरेको आरोपमा युक्रेनको रक्षा मन्त्रालयका शीर्ष अधिकारी पक्राउ परेका छन् । युक्रेनियन सेक्युरिटी सर्भिस (एसबीयू) का अनुसार गोलाबारुद खरिद प्रक्रियामा भ्रष्टाचार भएको हो ।
यमनमा युद्धरत पक्ष शान्ति प्रक्रिया अघि बढाउन सहमत
दुबई । यमनका लागि संयुक्त राष्ट्रसङ्घीय दूतले यमनका युद्धरत पक्षहरूले नयाँ युद्धविराम गर्ने प्रतिबद्धता व्यक्त गरेको र युद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा शान्ति प्रक्रियामा संलग्न हुन सहमत भएको बताएका छन् ।
पेरूको अन्तर्राष्ट्रिय विमानस्थलबाट चार हजार कछुवा बरामद
लिमा । पेरूको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेजनमा उत्पत्ति भएका करिब चार हजार कछुवा बरामद गरिएको राष्ट्रिय वन्यजन्तु सेवाले जनाएको छ ।
हमासद्वारा तेल अभिभमा रकेट प्रहार
तेल अभिभ । हमासले गाजा पट्टीबाट इजरायलको तेल अभिभमा रकेट प्रहार गरेको छ । रोयटर्स समाचार एजेन्सीका अनुसार तेल अभिभमा साइरन सुनेपछि मानिसहरूले बम सेल्टरमा शरण लिनुपरेको थियो।
जम्मु कश्मीरमा सेनाको गाडीमा हमला, तीन सैनिकको मृत्यु
जम्मु । जम्मु कश्मीरको राजौरी सेक्टरको थानामंडीमा दुईवटा सेनाको गाडीमा भएको चरमपन्थी आक्रमणमा तीन सैनिकको मृत्यु भएको छ । घटनामा अन्य तीन जना घाइते छन् ।
इजराइली आक्रमणपछि गाजा अस्पताल बन्द
गाजापट्टी । गाजापट्टीमा अन्तिम बचेका अस्पतालमध्येको एक इजराइली सेनाको आक्रमणपछि मङ्गलबार काम गर्न बन्द गरेको सो अस्पतालका निर्देशकले बताएका छन् ।
बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित
बेइजिङ । आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार बिहानदेखि बेइजिङमा सडक यातायात अवरुद्ध भएको छ । आइतबार साँझ ७ बजेदेखि सोमवार बिहान ८ बजे सम्ममा बेइजिङ शहरमा औसत ५.७ मिमी हिमवर्षा भएको छ ।
रुसद्वारा युक्रेनमा १८ ड्रोन तथा एक क्षेप्यास्त्र आक्रमण
किएभ । युक्रेनको हवाई सेनाले उसले सोमबार रुसले हमला गरेका इरानमा निर्मित सहिद ड्रोनहरूमध्ये १८ ड्रोन र एउटा क्षेप्यास्त्रलाई खसाएको बताएको छ ।
रुसी सेनामा भर्ती भएका नेपाली युक्रेनमा बन्धक
काठमाडौँ । रुसी सेनामा भर्ती भएका नेपाली नागरिक युक्रेनमा बन्धक रहेको सरकारले जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भएका एक नेपाली नागरिक युक्रेनमा बन्धक रहेको प्रष्ट पारेको हो ।