कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ
काठमाडौ । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको हो । कोशी प्रदेशका डिआईजी चन्द्रकुबेर खापुङले पनि अधिकारीलाई काठमाडौं पठाउन लागिएको पुष्टि गरे लगतै जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उनलाई पक्राउ गरिएको स्रोतले बतायो । उनलाई आजै दिउँसो एक बजे हवाईजहाजमार्फत् काठमाडौं पठाउने तयारी भइरहेको छ। कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारीलाई मानव तस्करीको आरोप लागेको छ। मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनीसँगै अन्य ३ जना व्यक्ति संगजापान गएका थिए । तर जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काइदिएको थियो ।मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । उनलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो । शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो । उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ भने अहीलेअधिकारीआफूलाई फसाइएको दाबी गर्छन् उनले अनुसन्धानमा सघाउने बताएका छन् ।
बुद्ध एयरको इन्जिनमा समस्या
काठमाडौ । बिहीबार बिहान माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या देखिएको छ । बिहान साढे ६ बजे उडेको उडान नम्बर १०० नाइन एन एजेएस कलसाइन भएको बुद्ध एअ जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएपछि काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।बुद्ध एयरले सामाजिक सञ्जाल एक्समा परकासीत सुचना अनुुसार बिहिबार बिहान उडेको जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो । ३५ जना यात्रु लिएर माउन्टेन प्लाइटका लागि उडेको सो जहाज उडेको १५ मिनेटमै काठमाडौँमा अवतरण गरेको कारणले जहाजमा गएका ती यात्रुलाई अर्को फ्लाइटबाट पुनः माउन्टेन फ्ल्याइट गराइने बुद्ध एअरले सामाजिक सञ्जाल एक्समा जनाएको छ ।
विद्युतीय जोखिम न्यूनीकरण गर्न श्रमदानद्वारा झाडी हटाइँदै
काडमाण्डोेै्् । विद्युतीय जोखिम न्यूनीकरण गर्न भोजपुरका स्थानीयवासीले श्रमदान गरेर झाडी हटाएका छन् । रूखले विद्युतीय तार छुँदा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर उनीहरुले रूख तथा झाडी हटाएका हुन् ।अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयले विद्युत् अवरुद्ध समस्या तथा रूखले तार छोएपश्चात् दुर्घटनाको सम्भावना बढेकाले श्रमदान गरेर झाडी हटाएका हुन् । श्रमदान अभियान सञ्चालन गरेर विद्युत् लाइन आसपासमा रहेका रूखबिरुवा हटाउने तथा छाँटकाँट गर्ने काम गरिएको वडा–७ का वडाध्यक्ष कुमार थापाले बताउनुभयो ।वडा कार्यालयको अगुवाइमा भएको यो अभियानमा स्थानीयहरु भेला भएर वडाका सबै टोलबस्तीहरुमा रहेका विद्युत्को तार तथा पोलहरुमा छोएका रूखबिरुवाहरु हटाउने छाँटकाँट गर्नेलगायतका काम गरिएको वडाध्यक्ष थापाको भनाइ छ । खास गरेर रूखले विद्युतीय तारमा छोएर हुने सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक काम गरेका छौँ । त्यस्तै सडक मर्मत तथा सरसफाइको कामलाई पनि अघि बढाएका छौँ भनी उहाले बताउनुभयो ।
कोशी प्रदेशका ७८ सहकारी उच्च जोखिममा
कोशी प्रदेशका ७८ सहकारी उच्च जोखिममा ,जोखिममा रहेका सहकारी संस्थाको नाम भने उल्लेख नगरेको कार्यालयले प्रदेश कार्यक्षेत्र रहेका १०७७ वटा सहकारी मध्ये ४६२ वटा सहकारी संस्थाको निरीक्षण तथा वित्तीय विश्लेषण गर्दा एउटा पनि सहकारी अति न्यून जोखिममा देखिएको छैन । कार्यालयको तथ्याङ्क अनुसार झापामा सबैभन्दा बढी ३५ वटा सहकारी संस्था उच्च जोखिममा रहेका छन् । यस्तै मध्यम जोखिममा १४१ वटा र न्यून जोखिममा आठ वटा सहकारी रहेका छन् । मोरङमा १९ वटा सहकारी उच्च जोखिममा रहेको देखिएको छ । मध्यम जोखिममा १२८ र २० वटा सहकारी न्यून जोखिममा रहेका छन् । सुनसरीमा १५ वटा उच्च जोखिममा,४० वटा मध्यम जोखिममा र ३ वटा न्यून जोखिममा रहेका छन् । कोशी प्रदेश रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयका प्रमुख रजिस्ट्रार हरिबहादुर खत्रीका अनुसार रजिस्ट्रार कार्यालयले कोशी प्रदेशका १४ मध्ये भोजपुर बाहेक सबै जिल्लाका सहकारीको वित्तीय विश्लेषण गरेको थियो । उहाँका अनुसार झापाका १८४, मोरङका १६७ र सुनसरीका ५८ वटा सहकारीको विश्लेषण गरिएको हो । यस्तै इलामका १० वटा ,पाँचथरका नौ वटा,धनकुटा र तेह्रथुमका आठ÷आठ वटा सहकारीको वित्तीय विश्लेषण गरिएको हो । यसै गरी उदयपुर र सङ्खुवासभाका पाँच÷पाँच वटा,सोलुखुम्बुका तीन वटा,ओखलढुङ्गा र ताप्लेजुङका दुई दुई वटा र खोटाङको एउटा सहकारीको वित्तीय विश्लेषण गरिएको थियो ।
कोशीमा प्रदेश १ कै ब्यानरमा माओवादी बैठक
विराटनगर । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बोलाइएको नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिको बैठक सुरु भएको छ ।
कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले सचिवलाई कुट्ने धम्की दिएको आरोप
विराटनगर। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुटपिट गर्ने धम्की दिएको आरोप लागेको छ ।
संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैन , महामन्त्री थापा
विराटनगर — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन् ।
मोरङमा कुखुरा फर्मभित्र सञ्चालकको हत्या
विराटनगर । मोरङको सुन्दरहरैँचामा कुखुरा फर्मभित्र विभत्स अवस्थामा पुरुषको शव भेटिएको छ ।
मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन जल तथा मौसम विज्ञान विभागको अनुरोध
विराटनगर– मोरङ र सुनसरीमा भारी वर्षा भएको छ । गएरातिदेखि सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैचा, बेलबारी आसपासमा भारी वर्षा भएको हो ।
खैरो हेरोइनसहित मोरङबाट युवक पक्राउ
काठमाडौँ । मोरङको विराटनगरबाट प्रहरीले खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ ।