सडक बत्ती जडानमा भ्रष्टाचार, मेयर श्रेष्ठले लुट मच्चाउन खोजेको आरोप
सिरहा । गोलबजार नगरपालिकामा जडान गरिएको सडक बत्तीमा भ्रष्टाचार भएको देखिएको छ ।
श्रीमतीको हत्या गरेको आरोपमा रौतहटका युवक पक्राउ
रौतहट । श्रीमतीको हत्या आरोपमा प्रहरीले रौतहटको राजपुर नगरपालिका–५ का मसुद आलमलाई पक्राउ गरेको छ ।
मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि थाले छलफल
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने विषयमा छलफल थालेका छन् ।
गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै नेविसंघले गरे प्रदर्शन
काठमाडौँ । विपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनको राजीनामा माग्दै प्रदर्शन गरेको छ ।
रौतहटमा गोली चलाउँदै लुटपाट गर्ने भारतीय गिरोहका तीन जना पक्राउ
काठमाडौ । रौतहटमा गोली चलाउँदै लुटपाटमा संलग्न भारतीय गिरोहका तीन जना पक्राउ परेका छन् । परोहा नगरपालिका ९ खापचोकस्थित शिव मनी ट्रान्सफरको कार्यालयमा गोली चलाएर लुटपाट गर्ने तीन जना पक्राउ परेका हुन् ।
संघ र प्रदेश सरकारका प्रमुख उपप्रमुखहरु सौराहामा, के प्रदेश सरकार अब बेकामी भएको हो ?
चितवन । सौराहामा केन्द्रीय सरकार र प्रदेश सरकारका प्रमुख उपप्रमुख एवं सचिवालयहरु बिच २ दिने अनुभव आदनप्रदान तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । कार्यक्रम उद्दघाटन सत्रमा शुभकामना मन्तव्यकै क्रममा राखेका विषयहरुलाई हेर्दा अझैपनि यि दुबै सरकार बिच कतैपनि तालमेल नभएको दखिन्छ । कतिपय विद्येयक र कानुन बनेपनि कार्यन्वयन नभएका र बन्न पनि बाँकी रहेको कुरा प्रतिनीधि सभाका प्रमुख उपप्रमुख र राष्ट्रिय सभाका प्रमुखबाट प्रष्ट बुझिन्छ । अन्तरक्रियामा कर्णालीका प्रमुख बिरामी भएर आउन नसकेको जानकारी सँगै अन्तरक्रियामा आउन नसक्ने खबर पठाएको कुरा समेत अध्यक्ष घिमिरेले खुलाउनु भयो । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले संघिय संसदले बिजनेस दिन नसकेको कुरा शुभकामनाकै बक्तव्यमा बोल्नुभयो । हिउँदको मौसममा हिउँदे अधिवेशन हुँदै गर्दा विद्येयक अधिवेशन सरकारले ढिलो सुरु गरेको कुरा उल्लेख गर्नुभयो । विद्ययेक माथी व्यापक छलफल गर्नुपर्ने समयमा सांसदहरु व्यक्तिगत स्वार्थमा लागेको आरोप पनि अध्यक्ष तिमिल्सीनाले लगाउनुभयो । संघिय संसदले समयमै विद्ययेक नबाएपछि मुलुकमा शुसासन कायम हुन नसकेको उहाँको भनाई थियो । उहाँले सरकारले निर्दिष्ट गरेका काममा ईच्छाशक्ति कम देखाएको र बिकास निर्माणलाई प्राथमिकता दिने नसकेको कुरा समेत राख्नुभएको थियो । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको कार्यकाल यहि फाल्ष्गुण २० गतेदेखि सकिंददैछ । यसैबिच प्रतिनीधि सभाका सभामुख देवराज घिमिरेले संघिय संसद र प्रदेश सभा बिच समन्वय र सहकार्य गर्न यस्ता अन्तरक्रिया फदायी हुने बताउनु भयो । अन्तरक्रियामा संघ र प्रदेशका विद्ययेकहरु बनाउन र कार्यन्वयन गर्न घनिभुत छलफल गर्नुपर्ने कुरामा उहाँको जोड थियो । कार्यक्रममा विभिन्न प्रदेशबाट आएका सभामुखहरुले आआफ्ना बिचार व्यक्त गरेका थिए । कार्यक्रम संघीय संसद् सचिवालयको आयोजनामा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास समितिले गरेको थियो ।
मधेस प्रदेशका मुख्यमन्त्री यादवको एमालेले माग्यो राजीनामा
काठमाडौँ । नेकपा एमाले मधेस प्रदेश कमिटीले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको राजीनामा माग गरेको छ ।
महोत्तरीको वडा कार्यलयमा साहुहरुले गरे तालाबन्दी
जनकपुरधाम । वडाध्यक्षले कपाली तमसुक दर्ता नगरिदिएको भन्दै महोत्तरीको औरही नगरपालिका(२ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
मधेशमा यातायातका कर्मचारी सरुवामा आर्थिक चलखेलको आरोप, सरुवा भएको ४ महिनामै पुरानै कार्यलयमा फर्काईयो
जनकपुरधाम । ३ पुसमा मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले यातायात व्यवस्था कार्यालय वीरगञ्जको प्रमुखमा शाखा अधिकृत कमलदास गौतमलाई हटाएर उमेश रेग्मीलाई पठायो ।
बाराको वन क्षेत्रमा रामबहादुर बम्जन र उनका अनुयायीले भोगचलन गरेको संरचना हटाउने तयारी
‘तपस्वी’ भनिएका रामबहादुर बम्जन र उनका अनुयायीले पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र बनाएका संरचना हटाउन निकुञ्जले पहल सुरु गरेको छ ।