
सैलुङमा हिमपात शुरु भएको छ
सैलुङ यो पालि हिउँले ढकमक्क भएको छ।रामेछाप र दोलखाको संगम स्थल ठूलो सैलुङ हिउँले ढपक्कै भएको छ।हिउले ढक्क मक्क भैसकेपस्चात अझै पर्यटन हरु बढ्ने स्थानियको अपेक्षा छ।
सैलुङमा हिमपात शुरु भएको छ
सैलुङ यो पालि हिउँले ढकमक्क भएको छ।रामेछाप र दोलखाको संगम स्थल ठूलो सैलुङ हिउँले ढपक्कै भएको छ।हिउले ढक्क मक्क भैसकेपस्चात अझै पर्यटन हरु बढ्ने स्थानियको अपेक्षा छ।
मुद्दा दायर भएपछि रविको सांसद पद के हुन्छ
काठमाडौ। रास्वपाका सभापति रहेका रवि लामिछानेविरुद्ध दुई महिनादेखि थुनामा रहेका छन । आइतबार जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर भएपछि उनको सांसद पद के हुन्छ भनी कतिपयले जिज्ञासा समेत राखेका छन् ।अभियोग लागेका कारण मात्रै भने उनको पद अप्ठेरोमा पर्दैन तर संविधानको धारा ८७ मा योग्यता पुगेको कुनै पनि सांसद संघीय कानून अनुसार अयोग्य नभएसम्म पदमा बहाल हुने व्यवस्था छ । रवि लामिछाने विरुद्ध मुद्दा दायर भएकोल।मो समय भइसक्यो तर अहिलेसम्म उनको मुद्दाको फैसला आउन कम्तिमा पनि एकाध वर्ष लाग्ने जस्तो देखिन्छ ।‘महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले दिनुभएको यो अबिबेक्ति सुनम मुद्दा दायर भएकै कारण कसैलाई दोषी किटान गर्न मिल्दैन, अदालतबाट दोषी ठहर नभएसम्म उहाँको पद तलमाथि हुँदैन अदालतबाट अन्तिम फैसला आइसकेपछि मात्रै फैसलाका आधारमा पदको टुंगो हुने हो, अहिले त मुद्दा दायर भएकोमात्रै हो, पदमा केही असर पर्दैन । यो भनाइबाट पुष्टि भइसक्यो कि अन्तिम फैसला नआइनजेलसम्म रबि को पद काहिजादैन ।
दुर्गा प्रसाईं पक्राउ
काठमाडौ। दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको पुष्टि गरे ।सीआईबी प्रमुख दीपक थापाका अनुुसार पक्राउ गरेर व्युरोतर्फ लगेपस्चात थप अनुसन्धान गर्ने सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो सधैं निगरानी रहन्छ । त्यही क्रममा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिएका हौं उनले अनलाइनखबरसँग भने ।उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ ।
लामिछानेलाई म्याद थपका लागि अदालत लगियो
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहनुभएका लामिछानेलाई चौथो पटक म्याद थपका लागि अदालत लगिएको हो । लामिछानेको मुद्दा न्यायाधीश नवराज दाहालको इजलासमा छ । पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगी हिनामिना गरेको अभियोगमा कात्तिक २ गते पक्राउ पर्नुभएका लामिछानेलाई कात्तिक २) गते १४ गतेबाट लागू हुने गरी १) दिन म्याद थप गरिएको थियो । लामिछानेलाई पहिलो पटक कात्तिक ४ गते ६ दिन, दोस्रो पटक ७ दिन म्याद थप भएको थियो भने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका पूर्व उपाध्यक्ष छविलाल जोशी, कर्मचारी गीता र नेचर हब्र्स इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाललाई म्याद थपका लागि अदालत लगिएको छ । उनीहरुविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्र् शुद्धीकरण अभियोगमा अनुसन्धान जारी छ ।
सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा
काठमाडौ । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ सयले वृद्धि भइ रु एक लाख ६५ हजार कायम भएको छ । महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु एक लाख ६४ हजार चार सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा रु ९५ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु दुई हजार ७५ निर्धारण भएको महासङ्घले जनाएको छ ।
पोखरामा विरोध प्रदर्शनको तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि कार्यकर्ताले पोखरामा विरोध प्रदर्शनको तयारी गरीरहेका छन् । राष्ट्रिय मानव अधिकार चोकमा कार्यकर्ता जम्मा भएका छन् ।पूर्व गृहमन्त्री समेत रहनुभएको रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ । उहाँलाई शनिबार बिहान पोखरा ल्याइएको हो । आज सार्वजनिक बिदा परेका कारण भोलि (आइतबार) मात्रै अदालतमा उपस्थित गराइन कास्की प्रहरीले जनाइएको छ ।सरकारले लामिछानेलाई षड्यन्त्रपूर्ण तवरले पक्राउ गरेको भन्दै उहाँको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरामा विरोध प्रदर्शनको तयारी थालेको छ । कार्यकर्ता भेला भईविरोध प्रदर्शनअझ तिव्ररुपमा हुने तयारी देखीन्छ ।
लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने
काठमाडौ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रविलामिछानेविरुद्ध कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको सूर्य दर्शन बचत ऋण सहकारीको रकम गोरखा मिडिया प्रालिमा लगि ठगी गरेको अभियोग लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने भएको छ ।जिल्ला अदालत कास्कीबाट शुक्रबार दिउँसो पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरी स्थल मार्गबाट पोखरा ल्याइएको छ । शनिबार बिहान पौने ३ बजेतिर पोखरा ल्याई पु¥याइएको थियो भने गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणपछि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । सूर्य दर्शन सहकारी ठगीका अनुसन्धानकर्तासमेत रहनुभएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले लामिछानेको स्वास्थ्य अवस्था ठिक रहेको र जिल्ला प्रहरी कार्यालयको हिरासतमा छुट्टै राखिएको र शनिबार बिदा भएकोले आइतबार मात्र अदालतमा पेस गर्छौँ भनी उल्लेख गर्नुभयो । कास्की प्रहरीकै हिरासतमा यही अभियोगमा पक्राउ पर्नुभएका गोरखा मिडिया सञ्चालक छविलाल जोशीसमेत हुनुहुन्छ ।सहकारी संस्थाको बचत रकम दुरुपयोगसम्बन्धी गठित संसदीय छानबिन समितिले गत भदौ ३१ गते प्रतिनिधि सभामा प्रतिवेदन पेस गरेको थियो । लामिछाने गोर्खा मिडियाको तत्कालीन प्रबन्ध निर्देशके हुनुहुन्छ । उहाँसहित विभिन्न कम्पनी र व्यक्तिलाई विपक्षी बनाएर सहकारी पीडितले गत वर्ष माघ २२ गते नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । कास्की प्रहरीले शुक्रबारै लामिछानेसहित १४ जनाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको छ । सूर्य दर्शन बचत तथा ऋण सहकारीमा १८ हजार सात सय जनाको एक अर्ब ३५ करोड अपचलन भएको विभिन्न छानबिन समितिले देखाएका छन् । सूर्य दर्शन सहकारी ठगीकमुख्य योजनाकार मानिएका पूर्व अध्यक्ष एवं गोर्खा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई, भूपेन्द्र राई, थानबहादुर बुढा, धिरजकुमार दास लगायत फरार छन् ।यही मुद्दामा शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’, भविश्वर अर्याल, सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, पूर्व उपाध्यक्ष कैलाशकुमार दर्लामी मगर र सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पुर्पक्षका लागि थुनामा छन् ।
काभ्रेको रोशी स्थानमा सडक बगायो
काठमाडौ । बिहीबारदेखिको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको थियो । यसका लागि सदरमुकाम धुलिखेलबाट नेपाली सेनाको हेलिकप्टर पानी, खाद्यान्नसहितका राहत सामग्री बोकेर बिहान पौने १० बजे त्यसतर्फ गएका थियो ।शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरबाट उद्धारको प्रयास गरिएको भए पनि सफल हुनसकेको थिएन । खाद्यान्नसहित उडेको हेलिकप्टर अवतरणका लागि उचित ठाउँ नपाएपछि पुनः धुलिखेल फर्किएको जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले बताउनुभयो । उहाँका अनुसार त्यस क्षेत्रमा फसेकालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गर्न आज बिहानैबाट तयारी थालिएको थियो ।सडक सम्पर्कविच्छेद भएपछि राजमार्गमा करिब एक सय ५० यात्रु अलपत्र अवस्था रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनुभयो । यात्र मध्ये बिरामी, अशक्त र वृद्धवृद्धालाई पहिलो प्राथमितामा राखेर धुलिखेल र भकुण्डे ल्याइनेछ । लामाका अनुसार नार्के बजारमा १२ घर पहिरोमा परेका छ भने करिब दुई सय स्थानीय शरणमा बसेका छन् । नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा क्षेत्रमा रोशी खोलाको बाढीले करिब डेढ सय मिटर बिपी राजमार्ग बगाएको छ । अरनिको र हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिराका कारण यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् । अन्य ठाउँमा पनि सडकमा पहिरो खसेका र रोशी खोलाको राजमार्ग कटान गरेको छ ।दुई दिनको अविरल वर्षाका कारण बाढी–पहिरोमा परी काभ्रेपलाञ्चोकमा ३० जनाको मृत्यु भएको जनाइएको छ । रोशी गाउँपालिकामा ११, तेमालमा १०, चौँरीदेउरालीमा पाँच, भुम्लुमा दुई, बेथानचोक र बनेपा नगरपालिकामा एक–एकजनाको मृत्यु भएको छ । पनौती–११ स्थित थुम्कीमा भण्डारी परिवारको एक घर पहिरोले बगाउँदा चार जना बेपत्ता भएका छन् ।
नेपाल दृष्टिविहीन युवा सञ्जालद्वारा पत्रकार सम्मेलन
राजनितिमा युवा को सकृयता के कस्तो छ , भन्ने विषयमा केन्द्रत
