
चितुवाको आक्रमणबाट मृत्यु
बर्दिया । बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।बर्दियाको मधुवन नगरपालिका ७ बस्ने अन्दाजी ५१ वर्षीय जुनाकुमारी लामिछानेको शुक्रबार बिहान चितुवाको आक्रमणबाट मृत्यु भएको छ । सीमा क्षेत्रमा उहाँ बाख्रा चराउन जानु भएको र विहान ११ बजेतिर चितुवाले आक्रमण गरेको थियो। त्यसपछि स्थानीयले देखेपछि होहल्ला गरेपछि चितुवा भागेको थियो।’
कमलपोखरीमा ठूलो बिस्फोट, ११ जना घाईते
काठमाडौं । एक्कासी कमलपोखरीबाट ठूलो बिस्फोटको आवज आयो, साईरनवाला गाडी एम्बुलेन्स कुदाकुद गर्न लागे, के भएछ भनेर हाम्रो टिम पनि त्यता पुग्यो कुरा सान्दार मःम कमलपोखरीमा आज बिहानै भएको सिलिन्डर बिस्फोटको रहेछ ।बिहान देखिनै व्यस्त सान्दार मःम सुनसान बनेको छ, मःम पारखीका लागी सान्दार मःम सबैको गन्तब्य आज ग्यास सिलिन्डर बिस्फोट भएपछि पसलमा ठुलो क्षति भएको छ ।बिस्फोटमा परेर ११ जना घाईते भएका छन, २ जनाको अबस्था गंभिर छ, हरेकको घरमा ग्यास चुल्हो र सिलिन्डर सहि तरिकाले राखिएन भने यस्ता घटनाहरु घट्ने खतरा हुन्छ, ग्याँस कम्पनीहरुले सिलिन्डरको अबस्था र यसको चाँच राम्ररी नगर्दा र लापरवाहिका कारण यस्ता थुर्पे घटना घट्ने गरेका छन ।यसको चेकजाँच गर्ने, सचेतना र प्रयोगबारे कार्यक्रम नभएका कारण पनि अहिले यस्ता घटना दिन प्रतिदिन बढिरहेका छन, हामी सबै सचेत बन्नु पर्दछ र ग्याँस सिलिन्डर किन्दा र राख्दा अनि प्रयोग गर्दा र अन अफ गर्ने कुरामा समेत ध्यान दिनु पर्दछ ।
दुई किशोरी मृत फेला
जंगल क्षेत्रमा शनिबार साँझ दुई किशोरी मृत भेटिएका हुन्
छापामार ड्रेसमा काठमाडौको जमलमा प्रस्तुति
नेकपा बहुमतको ९ औं महाअधिबेशन
सहकारी वकिलको बहस सकियो आजै आउने सम्भावना देखिएको छ
सहकारी वकिलको बहस सकियो आजै आउने सम्भावना देखिएको छ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने समेत मुछिएको पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ ।आजै न्यायाधीश नीतिज राईले लामिछाने लगायतलाई थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्ने सम्भावना छ ।बुधबार लामिछानेसहित सात जना प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएर जाहेरवालाका तर्फबाट जवाफी बहस भएको थियो । थुनछेक बहसमा प्रतिवादीले उठाएका विषयमाथि आज सरकारी वकिलको तर्फबाट जवाफी बहस भएको हो ।उच्च सरकारी वकिल कार्यालय पोखरा र जिल्ला सरकारी वकिल कार्यालय कास्कीतर्फबाट जवाफी बहस सकिएसँगै आजै आदेश आउनसक्ने सम्भावना रहेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए ।२ दिनअघि अदालत गेटबाहिर अनपेक्षित गतिविधि भएपछि प्रशासनले झनै सुरक्षा कडा पारेको हो । बुधबार पनि रास्वपाका कार्यकर्ता अदालत क्षेत्र प्रवेश गर्न खोजेका थिए तर प्रहरीले रोकेको थियो ।
थारु गाउँमा माघी पर्वको रौनक
पश्चिम नेपालको थारु बस्तीमा माघ/माघी पर्वको रौनक सुरु भएको छ । माघलाई नयाँ वर्षको रूपमा लिइने थारु समुदायमा पर्वको तयारी थालिएको हो । बङ्गुरको मासुको जोहो गर्नेदेखि लिएर गाउँका प्रमुख तथा नेतृत्व चयन र माघी देवानी तथा भुरा खेलबारे समेत छलफल सुरु भएको होधनगढी उपमहानगरपालिका १६ भादाका भलमन्सा सन्त कुमार चौधरीले पुस महिनाको अन्तिम दिन हरेक थारु बस्तीमा सामूहिक सुँगुर/बङ्गुरको जिटा (मासु) काटिने प्रचलन रहँदै आएको सुनाए । माघीमा विशेष रूपमा खाने ढिक्रीको लागि चामलको पिठो पिसाउने, दुना टपरी गाँस्ने कार्य पनि चलिरहेको छ ।पर्वसँगै थारु समुदायमा बस्तीका प्रमुखका रूपमा रहने बरघर, भलमन्सा, चिराकी, चौकीदारलगायत प्रतिनिधिहरू फेरबदल गर्ने कि, पुरानालाई नै अनुमोदन गर्ने भन्नेबारे प्रारम्भिक बहस पनि पुस महिनादेखि नै सुरु भएको भादाका भलमन्सा चौधरीको भनाइ 5।उनका अनुसार नेतृत्व चयनको लागि हुने माघी देवानी तथा भुरा खेल कार्यक्रममा गएको वर्षको समीक्षा गरिनुको साथै आउँदो वर्षको लागि कार्ययोजना निर्माण गरिन्छ ।यसैबिच ग्रामीण भेगमा माघी मेलाको तयारी समेत भइरहेको छ । कैलाली, कञ्चनपुर जिल्लाका विभिन्न स्थान तथा धार्मिक क्षेत्रमा आयोजना हुने माघीको मेला र महोत्सवको तयारी थालिएको हो ।कैलालीको कैलारी गाउँ गाउँपालिका ६ मा हरेक माघीमा आयोजना हुने माघी मेलाको तयारी अगाडि बढाइएको मेला आयोजक युवा जनज्योति क्लबका अध्यक्ष प्रकाश महतोले जानकारी दिए ।यसैबिच गाउँघरमा आगो ताप्दै सामूहिक रूपमा डफ गाइने ढमार गीतले पनि माघी पर्वको रौनक सुरु गरेको छ ।कैलालीको जोशीपुरका स्थानीय समेत रहेका पत्रकार सुधराम दहितले आजभोलि गाउँ–गाउँमा डफ, मादल बजाएर सामूहिक रूपमा ढमार गीत गाउँदा माघी पर्वको उल्लास बढ्दै गएको बताए । उनले जोशीपुर गाउँपालिका २ बरगदही गाउँको मुंग्रहुवा नाच टोलीले बुधबार राति गाउँमा ढमार गाउँदा गाउँमा उल्लास र माघको उत्साह जगाएको बताए । माघ १ गते नजिकैको नदी, तलाउ, पोखरी, दहमा नुहाउने र आ–आफ्नो आफन्त, इष्टमित्रहरुलाई भेटघाट गर्ने, ठूलाबाट अर्शीवाद लिने र सानालाई अर्शीवाद दिने प्रचलन रहिआएको छ ।मकर संक्रान्तिका दिन नुहाउनले वर्षभरि गरेको पाप वा नराम्रो काम, कुकर्म पखालेर जाने र पूण्य प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ । यो दिन पशुपक्षी वध हुँदैन ।
दक्षिण एसियाली फुटबलको लागि ऐतिहासिक क्षण
SAFF को पहिलो क्लब प्रतियोगिता २०२६ मा सुरु हुने भएको छ। दक्षिण एसियाभरका क्लबहरूले ठूलो मञ्चमा चम्कने मौका पाएपछि क्षेत्रीय फुटबल उत्कृष्टताको नयाँ युग सुरु हुने बताउछन। त्यस लगत्तै फुटबल प्रेमी एवं खेलाडीहरूमा नयाँ खुशी छाएको छ।
अष्ट्रेलियाको सिड्नीमा एक जना नेपाली महिलाको मृत्यु
अष्ट्रेलियाको सिड्नीमा एक जना नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ । नेपाली नागरिक ३९ वर्षीया दीक्षा दाहालको ६ दिनअघि पारामाट्टा अपार्टमेन्ट ब्लकको सातौं तलाबाट खसेर मृत्यु भएको हो ।डेली मेलका अनुसार, दाहालको मृत्यु हुनुभन्दा दुई घन्टा अगाडि अपार्टमेन्टबाट अष्ट्रेलियाको इमर्जेनसी सर्भिस नम्बर ००० मा फोन आएको थियो । त्यसबेला पृष्ठभूमिमा ‘ठूलो आवाजसहित भनाभन भएको’ सुनिएको थियो ।
आजै बैठक सक्ने माओवादी केन्द्रको तयारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएको छ । आजै बैठक सक्ने तयारी स्वरूप यसअघि बोल्न नाम टिपाएका नेताहरूलाई नाम फिर्ता लिन प्रचण्डले मंगलबारको बैठकमा आग्रह गरेका थिए । त्यसपछि ३८ जनालाई बोल्न दिएर अन्यले नाम फिर्ता लिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।अब बैठकको निर्णयका लागि पदाधिकारी बैठक बस्ने र त्यसपछि उठेका प्रश्नहरूको जवाफसहित विभिन्न निर्णय गरेर बैठक समापन गर्ने माओवादीको तयारी छ । माओवादीको बैठक आइतबारदेखि राजधानीमा सुरु भएको हो ।
सुस्मिता मृत फेला परेको ४ दिन पछि फरार देब ओखलढुंगामा मृत फेलाः के हो त घटना ?
देब बहादुर सहित गेष्टहाउसमा बसेकि सुस्मिता १७ गते मृत अबस्थामा फेला परेकी थिईन
