कोशी प्रदेशका ७८ सहकारी उच्च जोखिममा
कोशी प्रदेशका ७८ सहकारी उच्च जोखिममा ,जोखिममा रहेका सहकारी संस्थाको नाम भने उल्लेख नगरेको कार्यालयले प्रदेश कार्यक्षेत्र रहेका १०७७ वटा सहकारी मध्ये ४६२ वटा सहकारी संस्थाको निरीक्षण तथा वित्तीय विश्लेषण गर्दा एउटा पनि सहकारी अति न्यून जोखिममा देखिएको छैन । कार्यालयको तथ्याङ्क अनुसार झापामा सबैभन्दा बढी ३५ वटा सहकारी संस्था उच्च जोखिममा रहेका छन् । यस्तै मध्यम जोखिममा १४१ वटा र न्यून जोखिममा आठ वटा सहकारी रहेका छन् । मोरङमा १९ वटा सहकारी उच्च जोखिममा रहेको देखिएको छ । मध्यम जोखिममा १२८ र २० वटा सहकारी न्यून जोखिममा रहेका छन् । सुनसरीमा १५ वटा उच्च जोखिममा,४० वटा मध्यम जोखिममा र ३ वटा न्यून जोखिममा रहेका छन् । कोशी प्रदेश रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयका प्रमुख रजिस्ट्रार हरिबहादुर खत्रीका अनुसार रजिस्ट्रार कार्यालयले कोशी प्रदेशका १४ मध्ये भोजपुर बाहेक सबै जिल्लाका सहकारीको वित्तीय विश्लेषण गरेको थियो । उहाँका अनुसार झापाका १८४, मोरङका १६७ र सुनसरीका ५८ वटा सहकारीको विश्लेषण गरिएको हो । यस्तै इलामका १० वटा ,पाँचथरका नौ वटा,धनकुटा र तेह्रथुमका आठ÷आठ वटा सहकारीको वित्तीय विश्लेषण गरिएको हो । यसै गरी उदयपुर र सङ्खुवासभाका पाँच÷पाँच वटा,सोलुखुम्बुका तीन वटा,ओखलढुङ्गा र ताप्लेजुङका दुई दुई वटा र खोटाङको एउटा सहकारीको वित्तीय विश्लेषण गरिएको थियो ।
सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ कायम
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य हालसम्मकै उच्च अर्थात् तोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको हो ।
तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस अन्तराष्ट्रिय प्रदर्शनी हुदै
काठमाडौ । मीडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स तथा एक्जीबीसन एंड ट्रेड सर्विसेस इंडिया प्रा लि को सयुक्त आयोजनामा यही भाद्र २१, २२ र २३ गते काठमाडौँ, भृकुटीमण्डपमा तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस अन्तराष्ट्रिय प्रदर्शनी हुने भएको छ ।
ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबिच सम्झौता
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रूपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ ।
नेप्सेमा दोहोरो अंकको करेक्सन, आज ३ वर्षयताकै उच्च कारोबार
काठमाडौं । लगातारको उछालपछि शेयर बजारमा दोहोरो अंकले करेक्सन भएको छ ।
शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार बन्द
काठमाडौं । पहिलो सर्किट ब्रेक खुलेको दुई मिनेटमै दोस्रो सर्किट ब्रेक लगेको ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।
नेप्से २ वर्षयताकै उच्च विन्दुमा, ५२ अंकले बढ्दा साढे ७ अर्ब बढीको कारोबार
काठमाडौं । प्रि–ओपन सेसनबाटै दोहोरो अंकले बढेको शेयर बजार तीव्र उतार चढावपछि ५२ अंकले बढेर बन्द भएको छ । साताको पहिलो दिन आज नेप्से परिसूचक ५२.९७ अंकले बढेर २२५७.५९ बिन्दुमा रोकियो ।
नेप्सेमा छाउँदै हरियाली २२ सय बिन्दु पार, ७ अर्बको कारोबार
काठमाडौं । तीव्र उतारचढावसँगै नेपाल स्टक एक्सचेन्ज ९ नेप्से दोहोरो अंकले बढेर २२ सयको बिन्दु माथि पुगेको छ ।
सरकारको कुल खर्च साढे १३ खर्ब, एकै दिन साढे ३५ अर्ब भुक्तानी , आखिर असारे विकास कहिले सम्म ?
काठमाडौं । ११ महिनासम्म लक्ष्यको आधा पनि बजेट खर्च गर्न नसकेको सरकारले असार लागेसँगै भुक्तानी बढाउने प्रवृत्ति यस बर्ष पनि अपनाएको छ । जुन प्रवृत्ति विगत लामो समयदेखि चलिरहेको छ ।
सुन चाँदीको मुल्यमा भारी गिरावट
काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ।