सौराहका अव्वल व्यवसायी महेश खनाल, जस्ले चलाउछन पार्क सफारी रिसोर्ट
चितवन । महेश खनाल पर्यटकिय नगरी सौराहका सफल वयवसायी हुन । उनले कोरोनाको कहरदेखी आर्थिक मन्दीले धाराशाही भएको अवस्थामा समेत आँनो व्यवसायलाई टिकाईरहेका छन ।
भक्तपुर टुर्सले बैषाख १४ गत्ते बिद्यार्थीको उद्यमशिलता बिकासको लागि ३३ पोखरी अध्ययन कार्यक्रम गर्ने
भक्तपुर । भक्तपुर टुरसले बैषाख १४ गत्ते बिद्यार्थीको उद्यमशिलता बिकासको लागि ३३ पोखरी अध्ययन कार्यक्रम गर्ने भएको छ । भक्तपुरको ३३ पोखरी पदमार्गलाई समेत आम्दानीको श्रोत बनाउन सकिने निष्कर्ष भक्तपुर टुर्सको छ ।
संघर्ष र सफलताको अन्तरङ्ग - ध्रुब गिरी, सपना भिलेज सौराह
चितवन । सौराहमा २०३६ जेठ २६ गत्ते बुबा मनु गिरी र आमा मनुरुपा गिरीको तेस्रो सन्तानको रुपमा सामान्य परिवारमा जन्मिए ध्रुब गिरि । अहिले करिब २० बिघा जतिको आफ्नै प्रोपर्टीमा सपना भिलेज रिसोर्ट संचालन गर्दै छन । जब उनी सानो थिए उनको सपनानै होटलको मालिक बन्ने रहेको थियो । त्यसैले आज उनीँ आफ्नै सपनाको मालिक भएका छन ।
एकैपटक ७०० बढी भारतीय पर्यटक नेपालमा
विश्व पर्यटन दिवसका अवसरमा एकैपटक ७२३ भारतीय पर्यटक नेपाल आएका छन्।
एकैपटक ७०० बढी भारतीय पर्यटक नेपालमा
विश्व पर्यटन दिवसका अवसरमा एकैपटक ७२३ भारतीय पर्यटक नेपाल आएका छन्।
विश्व पर्यटन दिवस : आज पाटन दरबार सङ्ग्रहालय निःशुल्क अवलोकन गर्न पाइने
विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार सङ्ग्रहालयले विश्व पर्यटन दिवसको अवसरमा दरबार सङ्ग्रहालय अवलोकनका लागि आज टिकट शुल्क नलिने भएको छ ।
भगवती चौधरी, लुम्बिनीको निरीक्षणमा !
ल्याहारकाल लामाले पनि बोले
नागरिकले किन छाप्यो १५ रोपनी जग्गा हडप्ने तयारी शिर्षकको समचार ?
भोजपुर– सुदन किराती भोजपुरमा रोपाईंमा आलि लाउँदैछन्, त्यतिबेलै छाप्यो १५ रोपनी जग्गा हडप्ने तयारी शिर्षकको समचार । आलि नै लाउन छाडेर, उनले सामाजिक संजालमा समचार आउने वित्तिकै खण्डन गरेका छन्, नागरिक दैनिकको भ्रामक समचार सत्य हैन, यो विषय मलाई केही थाहा छैन । पर्यटन मन्त्री बनेपछि चर्चा कमाएका उनि माथी लागेको यो आरेप के कति सत्य हो ? सत्य भएमा एकदिन त खुल्छ नै होला । तर कि नागरिक दैनिक माथी कारबाही हुन पर्यो कि सुदन किराती माथी नत्र मिलेमत्तोमा चुपाचाप, छोपछाप भएमा दुबै दोषी हुन् भन्ने कुराको पुष्टि यसै भईहाल्छ । त्यो त छँदैछ, तर उनि आफुलाई व्यक्तिगत रुपमा लाभ नलिने व्यक्तिका रुपमा आफुलाई स्थापित गर्न लाग्दा उनि माथी लागेको यो आरेप मात्रै हो भन्ने कुरा उनले कसरी पुष्टि गर्लान हेर्न बाँकी छ । सुदन किरातीको फेबुकमा भएको खन्डण :ललिता निबास प्रकरणमा धमाधम पक्राउ पर्न लागेको बेला नागरिकले छापेको यो समचारमा कति तथ्य छ, त्यो आगामी अंकले देखाउला तर यसबारे हाम्रो खोज पत्रकारीताको टिमले गहिरो अध्ययन गरिरहेको छ । तथ्य सहितको सत्य हामी पुनः प्रकाशन गर्ने नै छौं । हेर्दै गर्नुहोला विएमएन न्युज ।
८ विमानस्थल स्तरोन्नति गरिने, दूर्गममा उडाउनेलाई सहुलियत
१५ जेठ, काठमाडौं। सरकारले ८ वटा विमानस्थलको स्तरोन्नति गर्ने घोषणा गरेको छ ।आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विराटनगर, भरतपुर, नेपालगंज र धनगढी विमानस्थलहरूको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिने बताए ।रुकुमको चौरजहारी, दाङको टरीगाउँ, उदयपुरको सगरमाथा, जुम्लाको खलङ्गा लगायतका विमानस्थलको स्तरोन्नति गरिने उनको घोषणा छ।दुर्गम क्षेत्रमा उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिई हवाई यातायात सुविधालाई सहज र सुलभ बनाइने समेत सरकारले घोषणा गरेको छ ।
सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने
१५ जेठ, काठमाडौं । सरकारले सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक घोषणा गरेको छ । २०२३ मा १० लाख पुर्याउने घोषणा समेत आगामी आर्थिक वर्षको बजेटले गरेको छ । अन्तर प्रदेश हवाइ सेवालाई प्राथमिकता दिने अर्थमन्त्री डा. प्रकाश शरण महतले बताए । ‘नेपाल घुमौं, नेपाल चिनौं’ अभियान यस वर्ष चलाइने भएको छ । जनकपुर, स्वर्णद्वारी, मुक्तिनाथलाई समेटेर सर्किट निर्माण गरिने भएको छ । पर्यटनमा २ अर्ब १३ करोड बजेट विनियोजन भएको छ ।ताप्लेजुङदेखि ग्रेट हिमालयन ट्रेल निर्माणलाई तिब्रता दिने उनले बताए । पोखरा–मुस्ताङ पदमार्ग निर्माणलाई तिब्रता दिइने उनले बताए । पर्यटकीय पदमार्ग निर्माण गरिने भन्दै उनले पशुपति गुरुयोजना, लुम्बिनी गुरुयोजनाको काम गर्ने समेत बताए ।